+

उसेन बोल्टले जिते दोस्रो स्वर्ण

२०७३ भदौ  ३ गते ७:४१ २०७३ भदौ ३ गते ७:४१
उसेन बोल्टले जिते दोस्रो स्वर्ण

Usain Bolt३ भदौ, काठमाडौं । जमैकन तीव्र गतिका धावक उसेन बोल्टले २०० मिटर दौडमा स्वर्ण जितेका छन् । रियो ओलम्पिकमा उनको यो दोस्रो स्वर्ण हो भने समग्रमा आठौं आलम्पिक स्वर्ण हो ।

स्वर्ण जित्ने क्रममा २९ वर्षीय बोल्टले निर्धारित दुरी १९.७८ सेकेण्डमा पुरा गरे । २०० मिटरमा १९.१९ सेकेन्डको विश्व कीर्तिमान पनि उनकै नाममा छ ।

उनले १०० मिटरमा स्वर्ण जितेका थिए । र, अब ४ गुणा १०० मिटरमा स्वर्ण जित्ने सम्भावना कायमै छ । उनले बेइजिङ र लण्डन ओलम्पिकमा पनि १००, २०० मिटर र ४ गुणा १०० मिटरमा स्वर्ण जितेका थिए ।

उसेन बोल्ट रियो ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय