+

९ बर्षपछि उपबिजेता बन्नु नै उपलब्धीः रुविना क्षेत्री

२०७३ कात्तिक  २ गते १८:०६ २०७३ कात्तिक २ गते १८:०६
९ बर्षपछि उपबिजेता बन्नु नै उपलब्धीः रुविना क्षेत्री

Womens-Cricket-Nepal

२ कात्तिक, काठमाडौं । हङकङमा भएको बिश्वकप क्रिकेटको एशियाली छनोट प्रतियोगिता खेलेर नेपाली महिला टोली मंगलबार स्वदेश फर्किएको छ ।

महिला राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र क्रिकेट संघका पदाधिकारी बिमानस्थल पुगेका थिए ।

त्रिभुवन अन्तराष्टिय विमानस्थलमा उत्रिए लगत्तै नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले हङकङमा भएको विश्वकप क्रिकेटको एसियाली छनोट पार गर्न नसकेपनि एसिया कपमा छनिनु नेपाली महिला क्रिकेटका लागि ठुलो उपलब्धी रहेको प्रतिक्रिया दिइन् ।

विश्वकप क्रिकेटमा छनौट हुन नसकेपनि ९ बर्ष पछि रनरअपको भएपनि ट्रफि ल्याउन सफल भएको भन्दै उहाले त्यसैलाई आफुले उपलब्धी ठानेको प्रतिक्रिया दिइन् ।

बिश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सहभागी हुन नेपाली महिला राष्ट्रिय क्रिकेट टोली असोज २० गते हङकङ गएको थियो ।

विश्वकपमा छनोट हुन नसकेपनि नेपाल एशियाकप क्रिकेटका लागि भने छनोट भएको छ । नेपालले एशियाका चार टेष्ट टोलीहरुसँग अर्को महिना हुने एशिया कपमा प्रतिस्पर्धा गर्नेछ ।

एशिया कप नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय