+

खेलाडी सुविधा सुझाव कार्यदल गठन

२०७३ कात्तिक  ३० गते १८:२४ २०७३ कात्तिक ३० गते १८:२४
खेलाडी सुविधा सुझाव कार्यदल गठन

३० कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् -राखेप) का सदस्य उपेन्द्र पौडेलको संयोजकत्वमा ५ सदस्यीय खेलाडी सुविधा सुझाव कार्यदल गठन गरिएको छ ।

कार्यदलको सदस्यमा राखेपअन्तर्गत विद्यालय खेलकुद विकास विभागका प्रशासकीय अधिकृत प्रकाश राई, राखेप कर्मचारी संघका उपाध्यक्ष गंगाराम महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट तथा नेपाल ओलम्पियन संघका प्रतिनिधि मुकुन्दहरि श्रेष्ठ रहेका छन् ।

राखेप सदस्य-सचिव केशवकुमार विष्टले मंगलबार संयोजक पौडेललाई पत्र हस्तान्तरण गरे । राखेपका सदस्य-सचिव विष्टको उपस्थिति तथा संयोजक पौडेलको अध्यक्षतामा कार्यदलको पहिलो बैठक मंगलबारै बसेको छ । बैठकमा खेलाडीको विमा, स्वास्थ्य, शिक्षा, यातायातका विषयमा छलफल भएको थियो ।

कार्यदलले खेलाडीलाई प्रदान गरिने सुविधा विमा, स्वास्थ्य, शिक्षा, यातायातका विषयमा सरोकार निकायसंग समन्वय गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने संयोजक पौडेलले जनाएका छन् ।

पौडेलका अनुसार दक्षिण एसियाली खेलकुदका स्वर्णधारी र एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई प्रदान गरी आर्थिक सुविधा प्रदान गर्ने विषयमा पनि छलफल भएको बताए । उनले आर्थिक वर्ष २०७३/७४ का लागि ९१ लाख ८० हजार रुपैयाँ परिषद्लाई प्राप्त भइसकेको र चाँडै नै उक्त रकम वितरण गरिने जानकारी दिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय