+

बार्सिलोना मेस्सीको घर हो, त्यही करियर अन्त्य गरुनः ग्वार्डिओला

२०७३ मंसिर  ११ गते ७:५८ २०७३ मंसिर ११ गते ७:५८
बार्सिलोना मेस्सीको घर हो, त्यही करियर अन्त्य गरुनः ग्वार्डिओला

Messi११ मंसिर, काठमाडौं । म्यानचेष्टर सिटीले भित्र्याउन चाहेको दाबी सहितका खबरहरु आइरहेका बेला प्रशिक्षक पेप ग्वार्डिओलाले भने लिओनल मेस्सीले बार्सिलोनामा नै करियर अन्त्य गरुन भन्ने इच्छा व्यक्त गरेका छन् ।

चार वर्षभन्दा बढी समय बार्सिलोनामा सँगै रहेका ग्वार्डिओलाले क्याटलान क्लब मेस्सीको घर भएको बताए । उनले भने, म गहिरो रुपमा के चाहन्छु भने मेस्सीले आफ्नो खेल जीवन बार्सिलोनामा नै अन्त्य गरुन, म उनी त्यहाँ सुरुवातदेखि अन्त्यसम्म होस् भन्ने चाहन्छु ।’

मेस्सीको बार्सिलोनासँगको सम्झौता २०१८ सम्म छ । र, क्लबले नयाँ सम्झौताको प्रयास गरिरहेको छ । तर, पछिल्ला दिनमा म्यानचेष्टर सिटीले मेस्सीलाई ठूलो रकम खर्चिएर भएपनि क्लबमा अनुवन्ध गर्न चाहेको खबरहरु आएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय