+

अन्तर्राष्ट्रिय हात्तीपोलो पहिलो पटक सौराहामा आयोजना हुँदै

२०७३ मंसिर  २७ गते १२:०२ २०७३ मंसिर २७ गते १२:०२
अन्तर्राष्ट्रिय हात्तीपोलो पहिलो पटक सौराहामा आयोजना हुँदै

hattipolo-sauraha

२७ मंसिर, चितवन । अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेको हात्तीपोलो खेलको आगामी संस्करण पहिलो पटक चितवनको सौराहामा आयोजना हुने भएको छ । प्रतियोगिया पुस ११ गतेदेखि सुरु हुनेछ ।

चितवनकै मेघौली, बर्दिया र नवलपरासीमा आयोजना भएको हात्तीपोलो खेल १३औं हात्ती महोत्सव अन्तर्गत रहेर सौराहामा आयोजना गरिएको हो ।

अन्तर्राष्ट्रिय हात्ती दौडलाई परिस्कृत गरेर हात्तीसँग सम्बन्धित सबै मनोरञ्जनात्मक प्रतियोगिताहरु एकै कार्यक्रम अनुसार सञ्चालन गर्न हात्ती महोत्सवको आयोजना गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

टाइगर टप्स होटलको एकल लगानीमा ३३ बर्षदेखि हुँदै आएको अन्तर्राष्ट्रिय हात्तिपोलो प्रतियोगितामा चार टिमको सहभागिता हुनेछ भने एक समूसमा चार हात्तीहरु हुनेछन् ।

यसपटक भने क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष तथा सौराहाका पुराना व्यवसायी शंकर शैजुको पहलमा सौराहामा गर्न लागिएको हो । हात्तीपोलो चितवनबाटै सुरु भएकाले पहिचानका कारण पनि प्रतियोगिता चितवनमै आयोजना गर्न लागिएको संघले जनाएको छ ।

प्रतियोगिताका लागि दैनिक यति बाघमारा मध्यवर्ती सामुदायिक वनको खाली चौर प्रशिक्षण हुँदै आएको छ ।

चितवनको मेघौलीमा हुँदै आएको हात्तीपोलो चितवन राष्ट्रिय निकुञ्जबाट होटलबाहिर राख्ने सरकारी निर्णयसँगै २०६६ सालमा बर्दियामा आयोजना भएको थियो । २०६७ र ६८ मा मेघौलीमै आयोजना भएपनि २०६९ देखि २०७१ सम्म बर्दियामा आयोजना भएको थियो । हात्तीपोलोको अघिल्लो संस्करण नवलपरासीमा आयोजना गरिएको थियो ।

हात्तीपोलो भनेको हात्तिमा चढेर खेलिने पोलो खेल हो । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोस्टमा लगेर गोल गर्ने प्रयास गर्छन ।

यो खेल नेपाल लगायत भारत, थाइल्याण्ड र श्रीलंकामा पनि खेलिन्छ तर हात्तीपोलोको विश्वकप प्रतियोगिता भने चितवनको मेघौलीमा आयोजना हुँदै आएको थियो । सन् १९८१ मा परीक्षण खेलपछि १९८२ देखि नेपालमा टाइगर टप्स कणर्ाली लज होटलका सञ्चालक जिम एडवर्डले विश्वमै पहिलो पटक नेपालमा यो खेलको प्रतियोगिता सुरुवात गरेका थिए ।

हात्ती महोत्सवमा हात्तिपोलोका अलावा हात्ती बनभोज, हात्ती फास्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगिता, हात्ती श्रँृगार प्रतियोगिता, गाडा दौड प्रतियोगिता, टाँगा दौड प्रतियोगिता, डुँगा दौड प्रतियोगिता लगायत आयोजना हुनेछ ।

प्रतियोगिताका लागि चितवन राष्ट्रिय निकुञ्जका ८० र होटल व्यवसायीहरुका ६० वटा हात्तीहरु अहिले प्रशिक्षणरत छन् ।

चितवन साैराहा
लेखक
राजेन्द्र आचार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय