+

वेष्टब्रोममाथि टोटनहृयामको शानदार जित, केनको हृयाट्रिक

२०७३ माघ  १ गते २०:१० २०७३ माघ १ गते २०:१०
वेष्टब्रोममाथि टोटनहृयामको शानदार जित, केनको हृयाट्रिक

harry-kane

१ माघ, काठमाडौं । हृयारी केनको हृयाट्रिकको मदतमा टोटनहृयामले वेष्टब्रोममाथि शानदार जित हात पारेको छ ।

शनिबार भएको खेलमा टोटनहृयामले वेष्टब्रोममाथि ४-० गोल अन्तरको जित हात पारेको हो । जितसँगै २१ खेलबाट ४५ अंक जोडेको टोटनहृयाम दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले १२ औं मिनेटमा नै केनको गोलबाट अग्रता लिएको थियो । २६ औं मिनेटमा वेष्टब्रोमका म्याकअलीले आत्मघाती गोल गरे ।
दोस्रो हाफको ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका केनले ८२ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय