+

अष्ट्रेलियन ओपनको उपाधिका लागि दिदी बहिनी भिड्ने

२०७३ माघ  १५ गते १४:११ २०७३ माघ १५ गते १४:११
अष्ट्रेलियन ओपनको उपाधिका लागि दिदी बहिनी भिड्ने

१५ माघ, काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधिका लागि अमेरिकी दिदी बहिनी सेरेना र भेनस विलियम्स भिड्ने भएकी छन् ।

३५ वर्षीया सेरेना कीर्तिमानी २३ औं ग्राण्डस्लामको खोजीमा छिन् भने दिदी भेनस आठौं र २००८ को विम्बल्डनपछि पहिलो उपाधि जित्ने प्रयासमा छिन् ।

अमेरिकी दिदीबहिनी एक आपसमा भिड्न लागेको यो पहिलो भने होइन । उनीहरुबीच ग्राण्डस्लामको आठ फाइनल भिडन्त भएको छ, जसमध्ये ६ मा सेरेनाले जितेकी छन् । समग्र प्रतियोगितामा भने उनीरुको यो २८ औं भेट हो ।

हार जिते जे भएपनि यो भेटले आफूहरुको सम्वन्धलाई झन मजबुत बनाउने सेरेनाको विश्वास छ ।

गत वर्ष सातौं विम्बल्डन जित्नै सेरेनाले जर्मनीकी स्टोफी ग्राफको २२ ग्राण्डस्लाम उपाधिको रेकर्ड बराबरी गरेकी थिइन् । तर, यूएस ओपनको सेमिफाइालमा चेक क्यारोलाइना स्लिस्कोभासँग पराजित हुन पुगिन् ।

भेनस भने चोट लगायतका कारणले २०११ देखि १४ सम्म कुनै पनि ग्राण्डस्लामको क्वार्टरफाइनल पुग्न सकिनन् ।

दिदी भेनसलाई हराउँदै उपाधि जितिन् भने सेरेना फेरि विश्व नम्बर एक बन्नेछिन् भने सेरेनालाई हराउन सके भेजस विश्व परियताको १० औं नम्बरमा आउनेछिन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय