३ बैशाख, काठमाडौं । रोबर्टो फिर्मिनोको गोलको मदतमा लिभरपुलले वेष्टब्रोमलाई हराएको छ र, पि्रमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले वेष्टब्रोमलाई १-० गोल अन्तरले हराएको हो ।
वेष्टब्रोमको घरेलु मैदानमा भएको खेलमा ब्राजिलियन फिर्मिनोले पहिलो हाफको अन्तिममा गोल गरेका थिए । अन्तिम समयमा काउटिन्होको स्थानमा मैदान प्रवेश गरेका अबर्ट मोरेनोले खाली पोष्टमा पनि गोल गर्न सकेनन् ।
जितसँगै लिभरपुल ३३ खेलबाट ६६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानमा झरेको म्यानेचष्टर सिटीको ६६ अंक छ र उसले एक खेल कम खेलेको छ ।
प्रतिक्रिया 4