५
बैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक बिजेता नेपाली खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
परिषद्का पदाधिकारीहरुले मंगलबार स्वास्थ्य मन्त्री गगन थापासँग भेट गरी अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका हुन् ।
नेपालमा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता एक सय २ जना र एशियन खेलकुदमा पदक विजेता खेलाडीहरुको संख्या ८ जना रहेका छन ।
दुवै समूहका एक सय १० जना खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न परिषदले मन्त्री थापालाई पुन ध्यानाकर्षण गराएको हो ।
त्यस अवसरमा मन्त्री थापाले खेलाडीहरुलाई सुविधा उपलब्ध गराउन आफू तयार रहेको बताए । परिषदले खेलाडीहरुको प्रोत्साहनवापत सरकारले रकम दिँदै आएकोमा पनि आभार व्यक्त गरेको थियो ।
प्रतिक्रिया 4