+

पहिलो पटक नेपालमा राष्ट्रिय फुटसल प्रतियोगिता हुँदै

२०७४ भदौ  १४ गते १७:३० २०७४ भदौ १४ गते १७:३०
पहिलो पटक नेपालमा राष्ट्रिय फुटसल प्रतियोगिता हुँदै

१४ भदाै, काठमाडाैं ।  अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग भोलीदेखि हुँदैछ ।

बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले प्रतियोगिताको बारेमो जानकारी दिए ।

प्रतियोगिता काठमाडौंको चपली हाइट स्थित चौर रक्रिएस्नल फुटसल सेन्टर र बैद्ध स्थित स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा हुनेछ ।

लिगमा विभिन्न १६ वटा टिमको सहभागिता रहनेछ । दिनको आठ वटा खेलको दरले हुने प्रतियोगिताका लागि लाग्ने अनुमानित ३० लाख खर्चमा एन्फाले दश लाख ब्यहोर्नेछ भने बाँकी २० लाख टर्नपाइक इभेन्ट प्रालिले ब्यवहोर्ने बताइएको छ ।

लिग संचालनको जिम्मा टर्नपाइकले लिएको छ । प्रतियोगिताको विजेताले पाँच लाख जित्नेछ भने उपविजेताले दुई लाख पचास हजार पाउनेछ । साथै यस प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि खेलाडी छनोट समेत हुनेछन् । छनोट प्रतियोगिता अक्टोबर १३ देखि २२ सम्म हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय