+

पुवुदुको टिमसँग हार्‍यो नेपाल

२०७४ मंसिर  १५ गते १८:०१ २०७४ मंसिर १५ गते १८:०१
पुवुदुको टिमसँग हार्‍यो नेपाल

१५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत यूएईसँग खेल्न गएको टोली नेपालले अमेरिकासँग अभ्यास म्याच खेलेको थियो । तर, पूर्व प्रशिक्षक पुवुदु दशानायकेको टिमसँग पराजित भएको छ ।

अबुधाबीमा भएको खेलमा नेपालले ३१.१ ओभरमा सबै विकेट गुमाएर मात्र ८९ रन बनाउन सक्यो ।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई आराम दिइएको खेलमा कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बसन्त रेग्मीले २१ रन बनाउँदा दिदिपनाथले १६ र दिपेन्द्र सिंह ऐरीले १२ र कुसल भुर्तेलले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् ।

अमेरिकाका जपेन पट्टेल एक्लैले ४ विकेट लिए ।

९० रनको सामान्य लक्ष्य अमेरिकाले मात्र २२.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर सयद अब्लुल्लाहले ४४ रन बनाए भने रोय सिल्भाले २५ रनको योगदान दिएका थिए ।

नेपालले अर्को खेल केन्यासँग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय