+

युएईबिरुद्ध ज्ञानेन्द्रको अर्धशतक

२०७४ मंसिर  २० गते १२:५४ २०७४ मंसिर २० गते १२:५४
युएईबिरुद्ध ज्ञानेन्द्रको अर्धशतक

२० मंसिर, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलमा नेपाली ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।

युएईको शेख जायद रंगशालामा उपकप्तान मल्लले २२.५ ओभरमा युएर्इका जहुर खानको बलमा १ रन लिँदै अर्धशतक पूरा गरेका हुन् ।

७७ बल खेलेका ज्ञानेन्द्रले ५ चौका प्रहार गरेका छन् ।

यसअघि अर्का ओपनर दिलिप नाथ १६ रनमा आउट भएपछि आएका शरद भेषावकर १० रन बनाएर खेलिरहेका छन् ।

दोस्रो विकेटका लागि ज्ञानेन्द्र र शरदले अहिलेसम्म ३४ रनको साझेदारी गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय