+

रुपन्देही-११ खप्तड गोल्डकपको क्वाटरफाइनलमा

२०७४ पुष  २५ गते १८:४८ २०७४ पुष २५ गते १८:४८
रुपन्देही-११ खप्तड गोल्डकपको क्वाटरफाइनलमा

२५ पुस, कैलाली । भेटानको डुक स्टार क्लवलाई ३-२ गोलले हराउँदै रुपन्देही-११ सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार धनगढी क्षेत्रीय रङ्गशालामा पहिलो हाफमा रुपन्देहीले २-० को अग्रता बनायो । उसका लागि अमर डंगोलले २२औं र ३८औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा रुपन्देहीले तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरेको थियो । ५८औं मिनेटमा किंगा रग्वेले डुक स्टारकका लागि एक गोल फर्काए । तर ६९औं मिनेटमा मनिष थापाले गोल गर्दै रुपन्देहीलाई ३-१ को अवस्थामा पुर्‍यए । खेलको अतिरिक्त समयमा येशी दोर्जीले डुकस्टारका लागि गोल गरे पनि खेलमा जित दिलाउन सकेनन् । खेल ३-२ले रुपन्देहीले जित्यो ।

प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनल चरणका खेलहरु बुधबारदेखि हुनेछन् । बुधबार हुने पहिलो क्वार्टरफाइनल खेल विभागीय टोली एपीएफ र सङ्कटाबीच हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय