३ माघ, काठमाडौं । जेरार्ड पीके बार्सिलोनासँग नयाँ सम्झौता गर्न सहमत भएका छन् । यो सम्झौतापछि उनी २०२२ सम्म बार्सिलोनामै रहनेछन् ।
ला लिगा लिडर बार्सिलोनाले भनेको छ, ‘क्लब र पीके सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।’
उनको वाइआउट क्लज ५०० मिलियन युरो बनाइएको छ । बार्सिलोनाले औपचारिक सम्झौताको मिति आगामी दिनमा सार्वजनिक गरिने बताएको छ ।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका स्पेनी खेलाडी पीके २००४ मा म्यानचेष्टर युनाइटेडमा आवद्ध चएका थिए । तर, २००८ मा क्याटलान फर्किए र क्लबको महत्वपूर्ण सदस्यका रुपमा रहेका छन् ।
उनीसहितको टिमले तीन च्याम्पियन्स लिग, ६ ला लिगा, ५ कोपा डेल रे, ५ स्पेनिस सुपर कप, ३ युरोपियन सुपर कप र ३ क्लब वल्र्डकपको उपाधि जितेको छ ।
प्रतिक्रिया 4