+

अमेरिकामा तीन नेपाली तेक्वान्दो खेलाडीले जिते स्वर्णपदक

२०७४ फागुन  १ गते १५:२९ २०७४ फागुन १ गते १५:२९
अमेरिकामा तीन नेपाली तेक्वान्दो खेलाडीले जिते स्वर्णपदक

१३  फेब्रुअरी, अमेरिका । फेब्रुअरी १० तारिखमा अमेरिकाको टेक्सासमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपालबाट आएका तीन खेलाडीहरुले स्वर्णपदक जितेका छन् ।

नेपाली राष्ट्रिय खेलाडी मानकुमारी चौलागाई, ज्ञानी चुनार तथा ताराकुमार रायमाझीले टेक्सास राज्यको ड्यालसमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जितेका हुन् ।

प्रतियोगिताको महिला फेदर बेल्ट समूह ५३-५७ केजी समूहमा मानकुमारी चौलागाईले सेमी फाइनलमा भारत तथा फाइनलमा साल्भाडोरका खेलाडीलाई पराजित गरी स्वर्णपदक प्राप्त गरिन् ।

यसैगरी ५८-६२ केजीको तौल समूहमा महिला लाईट बेल्टमा ज्ञानी चुनारले सेमी फाइनलमा पनामा र फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरी स्वर्णपदक जितेकी छिन् l

पुरुष तर्फको फ्लाई बेल्ट अन्तर्गत ५४-५८ सम्मको तौल समूहमा ताराकुमार रायमाझीले सेमी फाइनलमा भारत फाइनलमा मेक्सिकोलाई पराजित गर्दै स्वर्णपदक प्राप्त गरेका हुन् ।

नेपाली टोलिको व्यवस्थापक र टोली प्रशिक्षकमा नेपालका पूर्व राष्ट्रिय खेलाडी एवम् हाल अमेरिकाको बाल्टिमोर स्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी संचालन गर्दै आएका मास्टर कुमार कार्की थिए l

उक्त तीनै जना राष्ट्रिय खेलाडीहरुलाई नेपालका पूर्व वरिष्ट तेक्वान्दो प्रशिक्षक मास्टर अमिर श्रेष्ठको बिशेष सहयोगमा अमेरिकाको उत्कृष्ट मध्ये कै उत्कृष्ट ‘टिम एनटिए यूएसए’ मा दुई हप्ताको बिशेष प्रशिक्षण पनि लिदै आएका छन् l

नेपाली टोली फेब्रुअरी १८ तारिख नेपाल फर्कने छन् ।

तेक्वान्दो
लेखक
विजय थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय