+

क्यानडालाई हराएपछि हेर्नुस् नेपालको विजयउत्सव (फोटो र भिडियो)

२०७४ फागुन  ३ गते ९:४३ २०७४ फागुन ३ गते ९:४३
क्यानडालाई हराएपछि हेर्नुस् नेपालको विजयउत्सव (फोटो र भिडियो)

३ फागुन, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा क्यानडालाई एक विकेटले हराउँदै नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरेको छ । नेपालको यो संघर्षपूर्ण तर सनसनीपूर्ण जितको जताततै प्रशंसा छ ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले एक विकेट बाँकी छँदै पूरा गर्न सफल भयो ।

अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।

अर्को बल वाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एक रन चाहियो, जुन करणले सहजै पूरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्‍याए । ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्काको मद्दतमा नटआउट ४२ रन बनाए । त्यसैले यो जितको नायक करण बने ।

क्यानडाविरुद्धको खेलमा नेपालले एक विकेटको सनसनीपूर्ण जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाली खेलाडीहरुले मैदानभित्र मात्रै खुसीयाली साटेनन्, ड्रेसिङ रुमभित्र पनि विजय उत्सव मनाए ।

नेपाली खेलाडीहरुको खुसी भिडियो र फोटोमा हेर्नुस् –

यो पनि पढ्नुहोस्
करण केसीको संघर्ष यात्राः विदेश जान हिँडेको ठिटो जब क्रिकेटर बन्यो

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय