१० फागुन, हेटौंडा । नेपाल पुलिस क्लब हेटौंडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधि अर्को विभागीय टिम त्रिभुवन आर्मीसँग खेल्नेछ ।
बिहीबारको सेमिफाइनलको खेलमा संकटालाई २-० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।
कृषि तथा बन बिश्वविद्यालयको मैदानमा भएको खेलमा पुलिसले १९ औं मिनेटमा दिनेश राजवंशीको गोलबाट अग्रता लिएको थियो । ५२ औं मिनेटमा निरकुमार राईले अग्रता दोब्बर पारे ।
खेलमा थप गोल हुन सकेन र पुलिस विजयी बन्यो ।
प्रतिक्रिया 4