+

थ्रीस्टार फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने

२०७४ चैत  १८ गते १८:०९ २०७४ चैत १८ गते १८:०९
थ्रीस्टार फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने

१८ चैैत, बुटवल । थ्रीस्टार क्लब तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि मनाङ मर्स्याङदीसँग खेल्नेछ ।

आइतबार भएको अन्तिम सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौंलाई १-० गोल अन्तरमा रोक्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले निर्णायक गोल गरे । बुद्धले पहिलो हाफको ३५ औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

थ्रीस्टार मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप मनाङ मर्स्याङ्दी क्लव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय