१० साउन, काठमाडौं । रुस विश्वकपमा फ्रान्सका बेन्जामिन पाभार्डले अर्जेन्टिनाविरुद्धको अन्तिम १६ को खेलमा गरेको गोललाई प्रतियोगिताकै उत्कृष्ट गोल घोषणा गरिएको छ ।
फिफाको अनलाइन भोटिङमा भाग लिएका तीस लाख भन्दा धेरै समर्थकमध्ये धेरैले पाभार्डको गोललाई उत्कृष्ट गोलको भोट गरेपछि उनको गोललाई प्रतियोगिताकै उत्कृष्ट गोल घोषणा गरिएको हो ।
यी डिफेन्डरले लुकास हर्नान्डेजको क्रसलाई डिबक्स बाहिरबाट लोभलाग्दो प्रहार गर्दै जाली चुमाएका थिए ।
२२ वषैका पाभर्डले खेलपछि भनेका थिए, ‘मैले यसबारेमा सोचेको पनि थिइन । मैले मात्रै त्यसलाई नियन्त्रण गरेर प्रहार गरेको थिँए ।’
‘बल म तिर आँउदा उफ्रिएर आएको थियो मैले त्यसलाई जताबाट आयो त्यसै प्रहार गर्न प्रयास गरेको थिएँ । यो कुरा मलाई स्ट्राइकरहरुले सिकाएका थिए,’ उनले भने, ‘जब बल भित्र छिर्यो मलाई धेरै खुसी लाग्यो ।’
कोलम्बियाका जुवान क्विन्टेरोले समूह चरणको खेलमा जापानविरुद्ध गरेको सुन्दर फ्रिकिक गोल समर्थकहरुको रोजाईमा प्रतियोगिताको दोस्रो उत्कृष्ट गोल बन्यो ।
त्यस्तै क्रोयसियाका लुका मोडिरिकले समूह चरणको खेलमा अर्जेन्टिनाविरुद्ध लङ्गरेन्जबाट शक्तिशाली रुपमा प्रहार गरेको गोल तेस्रो भयो ।
प्रतिक्रिया 4