+

रोनाल्डो अहिले के भन्दैछन् थाहा छैन, पहिले हामी एकै परिवारजस्तो थियौं : रामोस

२०७५ साउन  ३० गते १३:२६ २०७५ साउन ३० गते १३:२६
रोनाल्डो अहिले के भन्दैछन् थाहा छैन, पहिले हामी एकै परिवारजस्तो थियौं : रामोस

३० साउन काठमाडौं । रियल म्याड्रिड छोडेर जुभेन्टसमा पुगेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ टिम आफूलाई परिवारजस्तै लागेको बताएपछि सर्जियो रामोसले जवाफ दिएका छन् ।

रोनाल्डोका पूर्वक्लब रियल मडि्रडका कप्तान रामोसले रियलमा पहिलेदेखि नै पारिवारिक वातावरण भएको बताए ।
रोनाल्डोका मिल्ने साथी पनि रहेका डिफेन्डर रामोसले आफ्नो टिमलाई रोनाल्डोको अभाव कत्तिको खटि्कनेछ र यसले के अर्थ राख्छ भन्नेबारेमा पनि खुलेर छलफल गरेका छन् ।

‘हामीले यहाँ सँधै एकै परिवार जस्तो महसुस गर्‍यौं, मलाई थाहा छैन उनले अहिले के भन्दैछन्’ युईएफए सुपरकपको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा रामोसले भने, ‘हामीले परिवारको रुपमा सहकार्य गरेर धेरै सफलता हात पारेका थियौं र उनी हाम्रो परिवारका एक मुख्य सदस्य थिए ।’

क्रिस्टियानो रोनाल्डो जस्तो राम्रो खेलाडी गुमाउनु दुःखको कुरा भए पनि उनको अभावमा जीतलाई निरन्तरता दिन सक्ने क्षमता आफूहरुमा रहेको उनले बताए । ‘रियल मडि्रडको इतिहासमा धेरै आएर र गएका छन् तर, जित्न छोडेको छैन’ रामोसले भने ।

रियल छोड्ने रोजाई रोनाल्डोकै भएको बताउँदै कप्तान रामोसले भने, ‘रोनाल्डोको अनुपस्थितिमा पनि रियल मडि्रडलाई अझै धेरै उपाधीहरु जित्ने भोक छ ।’

भर्खरै चेल्सीबाट रियल आएका रुस विश्वकपका सर्वोत्कृष्ट गोलरक्षक थिबाउट कोर्टुवाको बारेमा पनि रामोससँग प्रश्नहरु सोधिएको थियो । उनले कोर्टुवाको एटलेटिको मड्रिडसँगको पूर्व खेल जीवनबारे प्रश्न उठाउनु जायज नहुने बताए ।

रामोसले भने, ‘हामी खेलाडीको विगतको बारेमा कुनै मुल्यांकन गर्दैनौं । तर, राम्रा खेलाडी रियलको हिस्सा बन्न चाहन्छन् भने उनीहरुलाई यहाँ सधंै स्वागत गरिन्छ ।’

कोर्टुवा सन् २०१३/१४ को सिजनमा रियलको प्रतिद्वन्दी क्लब एटलेटिकोलाई लिग उपाधि जिताएपछि चेल्सी गएका थिए ।

फुटबल रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय