+

भुटानविरुद्ध जितको खोजीमा नेपाल

२०७५ भदौ  २० गते १८:१६ २०७५ भदौ २० गते १८:१६
भुटानविरुद्ध जितको खोजीमा नेपाल

२०, भदौ, ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको नेपाललाई आफ्नो दोस्रो खेलमा जित निकाल्नै पर्ने दबाव छ । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे हुने खेलमा भुटानलाई पराजित गर्न सके नेपालको सेमिफाइनल सम्भावना जिवित रहने छ ।

नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन भुटानविरुद्ध जितको विकल्प नभएको बताउँछन् । उनले भने, ‘पाकिस्तानसित हार्छौं भन्ने हामीले सोचेका थिएनौं । ठूला टिमहरू पनि (कमजोर टिमसँग) हारेका छन् । तर, बारम्बार गल्ती दोहोर्‍याउनु हुँदैन । कुनै पनि हालतमा हामीले भुटानमाथि जित निकाल्नुपर्छ ।’

उनले थपे, ‘मैले हावातालमा भनेको होइन । बंगलादेश र भुटानलाई जुनसुकै समयमा जित्न सक्ने क्षमता नेपाली टिममा छ । तर, एट्याकिङ सुधार्नु पर्छ ।’

कप्तान विराज महर्जन पनि आगामी दुबै खेलमा शतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्य रहेको बताउँछन् । ‘पहिलो खेल हार्दैमा यात्रा सकिएको छैन । अझै पनि हामीसँग मौका छ’ उनले भने, ‘पाकिस्तानसँग भएको गल्ती सच्याएर हामी आगामी दुबै खेल जित्ने लक्ष्यमा छौं ।’

यता, भुटानी प्रशिक्षक टे्रभोर मोर्गनले नेपालसँगको खेल ‘ओपन’ भएको बताएका छन् । उनले भने, ‘हामी अंकका लागि नेपालसँग खेल्दैछौं ।’

हेड टु हेडमा नेपाल अघि

दक्षिण एसियामा भुुटान फुटबलमा सबैभन्दा कमजोर राष्ट्र हो । यद्यपि पछिल्लो समयमा भुटानले निकै प्रगति गरेको छ ।

साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच अहिलेसम्म २ पटक भेट भएको छ । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रतियोगितामा नेपालले भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३-१ गोलअन्तरले पराजित गरेको थियो ।

नेपाली फुटबल साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय