+

ग्रिजम्यानलाई रामोसको शब्दवाण

२०७५ असोज  ३ गते १५:२१ २०७५ असोज ३ गते १५:२१
ग्रिजम्यानलाई रामोसको शब्दवाण

यो सिजनको च्याम्पियन्स लिग सुरु हुनुअघि रियल मड्रिडका कप्तान सर्जियो रामोसले एट्लेटिकोका एन्टोनी गि्रजम्यानमाथि शब्दवाण हानेका छन् ।

यस वर्ष उत्कृष्ट प्रदर्शन गरेका फ्रेन्च खेलाडीले आफूलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग दाँजेको विषयलाई लिएर रामोसले टिप्पणी गरेका हुन् ।

‘उनको अज्ञानता एकदम रोचक छ,’ रामोसले म्याचपूर्वको पत्रकार सम्मेलनमा भने, ‘जब म यी मानिसको कुरा सुन्छु, मलाई टोट्टी, जाभी, राउल, इनियस्टा जस्ता खेलाडीहरुको याद आउँछ जसले धेरै टाइटल जिते तर उनीहरुसँग व्यक्तिगत उपाधि (बालोन डिओर) छैन ।’

रामोसले थपे, ‘उनलाई चोलो वा गोडिनले सल्लाह दिनुपथ्यो, जसको मान्यता उनीसँग मिल्छ ।’

रियल अहिले लगातार चौंथोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा छ । रामोस अर्को एउटा उपाधिको भोका छन् ।

‘हामीसँग ईतिहासको गौरव र जिम्मेवारी छ,’ उनले भने, ‘तीनपटकको च्याम्पियन्स लिग जित्नु कुनै संयोग थिएन ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय