११ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा सरस्वतीले बीबीसीलाई २–१ ले पराजित गरेको हो । सरस्वती क्लबलाई जित दिलाउन विनोद केसी र फ्रान्सिस ओनियमाले गोल गरे । यता बीबीसीका लागि काजिम बुसारीले गोल फर्काएका थिए ।
खेलको तेस्रो मिनेटमा नै विनोदले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । खेलको सातौ मिनेटमा नै काजिमले गोल गर्दै बीबीसीलाई १–१ गोलको बराबरी दिलाएका थिए । पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेको थियो ।
खेलको दोस्रो हाफमा सरस्वतीले गोल गरेपछि बीबीसी पराजित भएको हो । खेलको ५२ औं मिनेटमा फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई २–१ गोलको जित दिलाएका हुन् ।
मंगलबार दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र विभागीय टिम एपीएफ क्बलबीच प्रतिस्पर्धा हुदैछ ।
प्रतिक्रिया 4