+

उपाधि होडमै चेल्सी, फुलह्याम पराजित

२०७५ मंसिर  १७ गते ८:२४ २०७५ मंसिर १७ गते ८:२४
उपाधि होडमै चेल्सी, फुलह्याम पराजित

१७ मंसिर, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फुल्ह्यामलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले फुल्ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा पेड्रो र रुबेन लोफ्टस चेकले गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो । खेलको चौथो मिनेटमा नै पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ८२औ मिनेटमा रुबेनले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाएका हुन् ।

जितपछि चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको १४ खेलबाट ३१ अंक रहेको छ । पराजित फुल्ह्यामको १४ खेलबाट आठ अंक मात्रै रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय