१८ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले न्युरोड टिम (एनआरटी) क्लबलाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा विभागीय टिम एपीएफ क्लबले एनआरटी क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो । यो जारी लिगमा एपीएफको दोस्रो जित हो ।
यता, एनआरटी क्लबको भने यो लगातार पाचौं हार हो । पहिलो खेलमा नेपाल आर्मी क्लबसँग २-२ गोलको बराबरी खेलेको एनआरटीले त्यसयता खेलेको पाँचौ खेलसम्म लगातार हार ब्यहोर्दै आएको छ । लिगको पुछारमा रहेको एनआरटी उपाधि दौडबाट मात्रै हैन अन्तिम दुईमा पर्ने सम्भावना पनि बढेको छ ।
एपीएफलाई जित दिलाउन युवराज खड्का, सुदीप शिख्रकारले गोल गरे । यता, एनआरटीका लागि राजेश परियारले गोल गरेका थिए ।
खेलको तेस्रो मिनेटमा नै युवराजको गोलबाट अग्रता बनाएको एपीएफले पहिलो खेलको १५औं मिनेटमा गोल खान पुगेको थियो । एनआरटीका लागि राजेशले गोल गरेका थिए ।
पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको एपीएफले दोस्रो हाफमा थप एक गोल गर्दै जित शुनिश्चित गरेको हो । खेलेको ७३औं मिनेटमा पेनाल्टीबाट सुदिपले गोल गर्दै एपीएफलाई २-१ गोलको जित दिलाए ।
जितसँगै एपीएफ क्लब लिगको सातौ स्थानमा उक्लिएको छ । ६ खेलबाट तीन खेलमा हार २ खेलमा जित र एक खेलमा बराबरी खेलेको एपीएफको ७ अंक रहेको छ । यता, पराजित एनआरटी भने ६ खेलमध्ये पाँच खेलमा हार र एक खेलमा बराबरी खेल्दै एक अंक बनाएर लिगको पुछारमा रहेको छ ।
प्रतिक्रिया 4