+

ईपीएल क्रिकेटः विराटनगर र चितवन, पोखरा र काठमाडौं भिड्दै

२०७५ मंसिर  २८ गते ५:५६ २०७५ मंसिर २८ गते ५:५६
ईपीएल क्रिकेटः विराटनगर र चितवन, पोखरा र काठमाडौं भिड्दै

२८ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदै छन् ।

टियु क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्दै छ । दुबै टिमलाई जित अपरिहार्य रहेको छ । लगातार तीन खेलमा हार ब्यहोरेको चिवतनको प्लेअफमा पुग्ने झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी छ ।

यता, विराटनगर भने चितवनलाई पराजित गरेमा प्लेअफमा प्रवेश गर्ने छ । विराटनगरले तीन खेलबाट दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ४ अंक बनाएर तेस्रो स्थानमा छ ।

चिततवन विराटनगरसँग पराजित भएमा लगातार चार खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाटै बाहिरिने छ ।

त्यस्तै, आजै एक बजे सुरु हुने खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स इलाभेनसँग प्रतिस्पर्धा गर्दै छ । पोखराले यसअघिका तीन खेलमा लगातार पराजित भएको हुदा यो खेलमा काठमाडौंलाई पराजित गर्नुको विकल्प छैन ।

पोखराको प्लेअफमा पुग्ने सम्भावना एकदमै न्युन रहेको छ । काठमाडौंको भने यो दोस्रो खेल हो । एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको काठमाडौं पोखरालाई पराजित गर्ने लक्ष्यमा रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय