+

म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो बर्खास्त

२०७५ पुष  ३ गते १६:२६ २०७५ पुष ३ गते १६:२६
म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो बर्खास्त

३ पुस, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे माउरिन्हो बर्खास्त भएका छन् ।

करिब साढे २ वर्ष युनाइटेडमा रहेका प्रशिक्षक माउरिन्होलाई क्लवले बर्खास्त गरेको हो । ५५ वर्षीय पोर्चुगाली प्रशिक्षक माउरिन्हो आफ्नो टिमको पछिल्लो समयको नतिजाबाट दबावमा थिए ।

इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आइतबार युनाइटेड लिभरपुलसँग ३-१ गोलअन्तरले पराजित भएको थियो ।

इंग्लिस क्लब चेल्सीबाट बर्खास्तमा भएपछि उनी इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेड सम्हाल्न पुगेका थिए । तर, यो सिजन भने युनाइटेडले खराब प्रदर्शन गरेपछि उनीमाथि ठूलो दबाब थियो ।

उनले युनाइटेडलाई लिग कप र युरोपा लिगको उपाधि दिलाएका थिए ।

जोसे माउरिन्हो म्यान्चेस्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय