७ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शंकटा र थ्रीस्टार दुबै बराबरीमा रोकिएका छन् । यसको प्रत्यक्ष लाभ भने लिग लिडर मनाङ मर्स्याङ्दीलाई भएको छ ।
शनिबार शसस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा शंकटालाई ब्रिगेड ब्वाइजले १-१ को बराबरीमा रोेकेको छ ।
खेलमा ब्रिगेड ब्वाइजले १३ औं मिनेटमा अमित तामाङको पेनाल्टी गोलबाट अग्रता लिएको थियो तर, २८ औं मिनेटमा शंकटाका जय गुरुङले बराबरी गोल फर्कायो ।
खेलमा थप गोल हुन सकेन र शंकटाले अंक बाँड्यो ।
शनिबार नै भएको पहिलो खेलमा थ्रीस्टारलाई च्यासल युथ क्लबले गोलसहित बराबरीमा रोकेको थियो ।
लिगको दोस्रो स्थानमा रहेको शंकटाको १० खेलबाट २५ अंक भएको छ भने थ्रीस्टारको २३ अंक छ । लिग लिडर मनाङको २७ अंक छ र उसले एक खेल कम खेलेको छ ।
प्रतिक्रिया 4