+

मनकामना केबलकार पोखरा कपमा एपीएफको सुखद शुरुआत

२०७५ माघ  १५ गते १८:४६ २०७५ माघ १५ गते १८:४६
मनकामना केबलकार पोखरा कपमा एपीएफको सुखद शुरुआत

१५ माघ, पोखरा । सशस्त्र प्रहरीको एपीएफ क्लवले मनकामना केबलकार पोखरा कपमा सुखद शुरुआत गरेको छ ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा मंगलबारदेखि पोखरामा सुुरु भएको छैटौं संस्करणको मनकामना केबलकार पोखरा कपमा बिजयी शुरुआत गरेको हो ।

मंगलबार भएको उद्घाटन खेलमा एपीएफले हिमालयन शेर्पा क्लवलाई २-१ गोलअन्तरले पराजित गर्‍यो । एपीएफको जितमा आशिष लामा र सुदीप शिख्राकारले गोल गरे । हिमालयन शेर्पाको तर्फबाट अमर डंगोलले सान्त्वना गोल गरे ।

खेलको २५ औं मिनेटमा एपीएफले अग्रता लिएको थियो । आशिष लामाले २१ यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि एपीएफले अग्रता लिएको हो ।

उक्त प्रहारलाई हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले ठम्याउन नसक्दा गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १-० को अग्रता लिएको एपीएफलाई दोश्रो हाफमा हिमालयन शेर्पाले दवाबमा राख्यो । खेलको ५४ औं मिनेटमा अमर डंगोलले गोल गर्दै हिमालयन शेर्पालाई बराबरीमा फर्काए ।

डंगोलले पि|mकिक प्रहार रिबाउण्ड भएर फर्किएपछि फष्र्ट बार च्याप्दै गोलमा परिणत गरेका हुन् । १-१ को बराबरीपछि निकै प्रतिष्पर्धात्मक भएको खेलमा एपीएफले ७७ औं मिनेटमा निर्णायक गोल गर्‍यो ।

हिमालयन शेर्पाका उल्रिच सिवीले पेनाल्टी एरियामा हृयाण्ड गरेपछि दिइएको पेनाल्टीमा सुदीपले गोलमा परिणत गरेका हुन् ।

बायाँ च्यापेर प्रहार गरेको सो बललाई हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले सही दिशा ठम्याएर जम्प गरेपनि बचाउ भने गर्न नसक्दा हिमालयन शेर्पा पराजित हुनुपर्‍यो । प्रतियोगितामा एपीएफ र हिमालयन शेर्पा दुबैले केही गोल गर्ने अवसर खेर फालेका थिए ।

मंगलबारको खेलमा एपीएफका लागि पहिलो गोलकर्ता आशिष लामा म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितापछि आयोजित पोष्ट म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले सोंचेजस्तै खेल्दा जित निस्केको बताए । उनले दोश्रो हाफमा रक्षात्मक खेल्दा गोल खाएपनि तत्कालै रणनीति बदलेर आक्रामक हुनेवित्तिकै गोल निस्किदा जित सुनिश्चित भएको बताए ।

हिमालयन शेर्पाका प्रशिक्षक बिजेन्द्र पुडासैनीले पेनाल्टी गोल नै निणर्ायक हुँदा हार बेहोर्नुपरेको बताए ।  उनले रेफ्रीले पेनाल्टी नदिने अवस्थामा पनि पेनाल्टी दिदा हार्नुपरेको प्रतिक्रिया दिए ।

साथै उनले खेलाडी थाकेका कारण सोंचेजस्तो खेल्न नसकेको तथा पाएको अवसरलाईसमेत सदुपयोग गर्न नसक्नु हारको कारण भएको प्रष्ट्याए ।

प्रतियोगिता अन्तर्गत बुधबार डफिन्स टिम फेमेली क्यामरुन र च्यासल क्लव बीच प्रतिष्पर्धा हुने एन्फा कास्कीले जनाएको छ ।

माघ २६ गतेसम्म हुने प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, थ्रीस्टार क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपीएफ क्लव, हिमालयन शेर्पा क्लव, च्यासल क्लव, बि्रगेड ब्वाईज क्लव रहेका छन् ।

त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए ।

प्रतियोगिताको बिजेतालाई ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने एन्फा कास्कीले जनाएको छ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजारसहित ट्रफी प्रदान गरिने उनले बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय