+

नेपालमा क्रिकेट खेल्न आउने विदेशीलाई श्रम स्वीकृति अनिवार्य

२०७५ माघ  २२ गते २१:२३ २०७५ माघ २२ गते २१:२३
नेपालमा क्रिकेट खेल्न आउने विदेशीलाई श्रम स्वीकृति अनिवार्य

२२ माघ, काठमाडौं । नेपालमा क्रिकेट लिग खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम इजाजत लिनुपर्ने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखी नेपालमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

पत्रमा ‘नेपालमा सञ्चालन हुने खेलकुद प्रतियोगिताहरुमा नेपाली क्लबका तर्फबाट खेल खेल्न आउने विदेशी खेलाडीहरुले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउने व्यवस्था मिलाउन’ भनिएको छ । श्रम मन्त्रालयले विदेशी खेलाडी सहभागी गराई क्रिकेट लिग खेलाउने संस्थाहरुको नाम र ठेगाना तथा त्यस्ता खेलमा भाग लिने क्लबहरुको नाम ठेगानासमेत माग गरेको छ ।

विदेशी क्रिकेट खेलाडीलाई श्रम इजाजत नलिई लिग खेलहरु खेलाएको भन्दै कारबाही माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा उजुरी परेपछि सरकारले यस विषयमा चासो दिएको हो । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यताप्राप्त लिगहरुमा विभिन्न क्लबले विदेशी खेलाडी सहभागी गराएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय