+

११ वर्षपछि हेटौंडामा दोश्रो शहीद स्मृति फुटबल

२०७५ चैत  ४ गते १७:२९ २०७५ चैत ४ गते १७:२९
११ वर्षपछि हेटौंडामा दोश्रो शहीद स्मृति फुटबल

४ चैत्र, हेटौंडा । ११ वर्षपछि हेटौंडामा शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता-२०७५ हुने भएको छ । २०६२/०६३ को जनआन्दोलन लगतै हेटौंडामा भएको पहिलो प्रतियोगितापछि चैत्र ७ बाट दोश्रो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगितामा नेपालका चर्चित क्लबहरुसहित १० वटा टोलीको सहभागिता रहने भएको छ । प्रतियोगितामा आयोजक, डफिन्स र थ्रीस्टार, आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, हिमालयन शेर्पा, मच्छिन्द्र, सरस्वती र च्यासल युथ क्लब सहभागी हुने भएका छन् ।

हेटौंडा-१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको खेल तालिका समेत आयोजक मकवानपुर जिल्ला फुटबल संघले सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक र मच्छिन्द्र क्लबबीच हुने आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः ८ लाख रुपैयाँ र ४ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँर विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २० र २० हजार रुपियाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले बताए ।

प्रतियोगिता सञ्चालनको लागि ८५ लाख रुपियाँ खर्च लाग्ने बताइएको छ । भूगर्भ सिमेन्टले मुख्य प्रायोजन गरेको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।

प्रतियोगिताका लागि मकवानपुरका स्थानीय निकाय थाहानगरपालिकासहित ८ वटा गाउँपालिकाले नगद सहयोग गरेका छन् ।

२०६४ सालमा आयोजना गरिएको शहीद स्मृति फुटलब प्रतियोगितालाई निरन्तरता दिनका लागिएको आयोजनक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो।

हेटौंडामा प्रत्येक वर्ष आयोजना भइरहेको सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप प्रतियोगिता यसवर्ष प्राविधिक कारण नहुने भएसँगै फुटबल संघले यो प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताका लागि मैदानको स्तरोन्नति र अस्थायी प्याराफिट बनाउनेका अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

फलाम र बाँसको प्याराफिटमा बसेर दैनिक पाँचहजार जनाले खेलको अवलोकन गर्न सक्ने बताइएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय