८ चैत, काठमाडौं । एएफसी यू-२३ च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
सन् २०२० को जनवरी आठदेखि २६ सम्म थाइल्यान्डमा हुने प्रतियोगिताका लागि कतारमा सुरु भएको छनोटमा नेपालले आफ्नो पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र ओमानबीचको खेल स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि दोहा स्पोर्टस् सिटीको एस्पायर-चार मैदानमा सुरु हुनेछ ।
छनोट चरणमा ११ समूह छन् । समूह ‘ए’ मा आयोजक कतारसँगै नेपाल, ओमान र अफगानिस्तान रहेका छन् । ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्यान्डले एएफसी यू-२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीबिरुद्ध नेपालले दबाबरहित भएर खेल्ने बताएका छन् । ‘फिफा बरियता, पूर्वाधार, प्रदर्शन सबै हिसावले ओमान र कतार जस्ता टिम हामीभन्दा बलिया छन्, हामीले हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं सकारात्मक नतिजाको अपेक्षा गर्छौं,’ महर्जनले भने ।
बलियो टिम ओमानबिरुद्ध नेपालले स्वभाविक रुपमा रक्षात्मक खेल्नेछ । सिनियर टोलीमा परिचित भए पनि उमेर समूहको शीर्ष टोलीबीच भने नयाँ प्रतिस्पर्धी हुन् ।
प्रतिक्रिया 4