+

पाकिस्तानविरुद्ध एकदिवसीय सिरिज अष्ट्रेलियाद्वारा क्लीन स्वीप

२०७५ चैत  १८ गते १२:५० २०७५ चैत १८ गते १२:५०
पाकिस्तानविरुद्ध एकदिवसीय सिरिज अष्ट्रेलियाद्वारा क्लीन स्वीप

१८ चैत, काठमाडौं । अष्ट्रेलियाले पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला क्लीन स्वीप गरेको छ ।

पाँच खेलको एकदिवसीय श्रृंखलाअन्तर्गत अन्तिम खेलमा आइतबार राति पाकिस्तानलाई २० रनले पराजित गर्दै अष्ट्रेलियाले सिरिज ५–० ले जितेको हो । अष्ट्रेलियाले दिएको ३२८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३०७ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि हरिस सोहिलले उत्कृष्ट प्रदर्शन गर्दै १३० रन बनाए । उनले १२९ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, सान मसोदले ५० रन बनाउँदा कप्तान इमा वासिमले पनि अविजित ५० रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका जासन बेहरेन्डोर्फले तीन विकेट लिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३२७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजला शतक बनाउनबाट दुई रनले चुके ।

ग्लेन म्याक्सवेलले भने विष्फोटक ब्याटिङ गर्दै ७० रन बनाए । उनले ३३ बलमा १० चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, सन मार्सले ६१ रन, कप्तान एरोन फिन्चले ५३ रन बनाए ।

पाँचै खेलमा अष्ट्रेलियालाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका कप्तान एरोन फिन्च प्लेयर अफ द सिरिज घोषित भए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१