+

रियल भ्यालेन्सियासँग पराजित, अब के गर्लान् जिदान ?

२०७५ चैत  २१ गते ७:३७ २०७५ चैत २१ गते ७:३७
रियल भ्यालेन्सियासँग पराजित, अब के गर्लान् जिदान ?

२१ चैत, काठमाडौं । जिनेदिन जिदानले पुनः क्लब सम्हालेपछि रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा पहिलो हार ब्यहोरेको छ ।

बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियासँग २–१ गोलको हार ब्यहोरेको हो । भ्यालेन्सियाको जितमा गोन्कालो गुइडेस र इजेक्यल ग्यारेयले गोल गरे । यता, रियलका लागि करिम बेन्जिमाले गोल फर्काएका थिए ।

खेलको ३५औं मिनेटमा गुइडेसले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उनै गोलको आधारमा भ्यालेन्सियाले रियलमाथि १–० गोलको अग्रता बनाएको थियो ।

८३औं मिनेटमा ग्यारेयले गोल गर्दै भ्यालेन्सियालाई २–० गोलको अग्रतामा पुर्‍याए । खेलको अतिरिक्त समयमा बेन्जिमाले गोल गर्दै २–१ को स्थितिमा पुर्‍याएपनि रियलको हार टार्न सकेन ।

एकपछि अर्को खेलमा खराब नतिजा ल्याएपछि रियलले सान्टिएगो सोलरीलाई बर्खास्त गर्दै जिनेदिन जिदानलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय