+

यू–१९ विश्वकप छनोटः कुन देशका कप्तानले के भने ?

२०७५ चैत  २७ गते २०:०७ २०७५ चैत २७ गते २०:०७
यू–१९ विश्वकप छनोटः कुन देशका कप्तानले के भने ?

२७ चैत, काठमाडौं । पर्सि शुक्रबारदेखि सुरु हुने यू–१९ विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपाल विजेताको दावेदार टिम हो । त्यही लक्ष्य बनाएर नेपाल मलेसिया प्रस्थान गरेको थियो । तर नेपाल मात्रै हैन, सबै टिम विश्वकपमा पुग्न चाहन्छ ।

प्रतियोगितामा मुख्यतय नेपाल र यूएईलाई विश्वकपमा पुग्ने दाबेदार टिम मानिएपनि अन्य टिमको पनि लक्ष्य एउटै छ ।

एसिया क्षेत्र छनोट जति नजिकिँदैछ । टिम र खेलाडी पनि उतिकै उत्साहित हुँदैछन् । छनोटमा आयोजक मलेसियासँगै नेपाल, यूएई, ओमान, सिंगापुर र कुबेत रहेका छन् ।

राउण्ड रोविनको आधारमा हुने प्रतियोगिताको विजेताले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।

६ राष्ट्रका ६ कप्तानले के भने ?

रोहितकुमार पौडेल, नेपाल

सन् २०१४ मा बंगलादेशमा सम्पन्न भएको विश्वकपमा नेपालले भाग लिएपछि मात्रै क्रिकेटबारे बुझ्ने अवसर पाएँ । टिमको एकता र टिम वर्क हाम्रो राम्रो पक्ष हो । हाम्रा सबै खेलाडीमा क्रिकेट प्रतिको लगाव र लगनशीलता देखिन्छ ।

यो मेरो लागि सबैभन्दा उत्कृष्ट क्षण हुनेछ । किनभने मैले कप्तानीको जिम्वारी लिएको छु । नेपाललाई विश्वकपमा पु¥याउँदै गौरम्वित दिलाउने छौं ।

खेलाडीः रोहित कुमार पौडेल (कप्तान), आशिफ शेख, भीम शार्की, पवन सर्राफ, सन्दीप जोरा, कमलसिंह ऐरी, राशिद खान, रित गौतम, सागर ढकाल, सुर्य तामाङ, प्रतिस जिसी, कुशल मल्ल, हरि बहादुर चौहान र अविशेक बस्नेत ।

मोहम्मद अमिर अजिम विन अब्द शकुर, मलेसिया

मेरो प्राथमिक विद्यालयका सरले यो खेलमा आबद्ध गराउनु भएको हो । मैलै लगातार खेल्दै गएपछि यो खेल मेरो गहना बन्यो । क्रिकेटले मलाई धैर्य, दृढ संकल्प र सहनशक्तिको सही अर्थ सिकाएको छ । अहिले म निकै उत्साहित छु ।

हामी राम्रो प्रदर्शन गर्दै विश्वकपमा छनोट हुनेमा आशावादी छौं । हामीलाई सबै कुराको सुविधा छ । आफ्नै मैदानमा हुने खेलमा हामी राम्रो प्रदर्शन गर्न चाहन्छौं ।

मलेसियाः

मोहम्मद अमिर अजिम बिन अब्दुल शुकोर (कप्तान), मोहम्मद इर्फाक विन वान युसुपफ, मोहम्मद हाकिम विन हरिसान, मोहम्मद अमिरुल स्याहमी विन नोर शाह, मोहम्मद मर्जुख हस्नान, मोहम्मद अफिक स्याकिर शाहरुदिन, अस्लाम खान मालिक, शाम्सुल इकमल, हइकल मोहद खाइर, विजय उन्नी सुरेश, वान अमिरुल, लेजाट ड्यानियल, मोहम्मद अरिफ र मोहम्मद मादुली ।

अब्दुल सदिक, कुवेत

यो हाम्रो लागि सबैभन्दा उच्च स्तरको प्रतिस्पर्धा हुनेछ । हामी एकरुपताको साथमा प्रतिस्पर्धा गर्नेछौं । विश्वकप खेल्ने हाम्रो सपना नजिक आएको जस्तो लाग्छ । हामीले विगत चार वर्षदेखि कडा अभ्यास र परिश्रम बगाउँदै आएका छौं । हाम्रो विश्वकप खेल्ने सपना हो, मेरो तर्फबाट शतप्रतिशत दिन चाहन्छु ।

खेलाडीः अब्दुल सदिक (कप्तान), अखिल सदिव नाइर, अइज अहमद क्वरेसी, गोकुल सुनिल कुमार, गोविन्द कुमार, हाम्जा अहमद, क्वरेसी, जन्दु हमौद अमनुल्लाह, जुदे सल्दन्हा, मित भायसार, मिर्जा अहमद, नोमान बुर्दो, मुहम्मद उमार, मोहम्मद अब्दुल्लाह र जशान जिलानी ।

अमान देसाई, सिंगापुर

क्रिकेट भनेको एक रोमाञ्चक खेल हो । हामीलाई कहिले पनि थाहा हुँदैन कि पछिल्लो खेल के हुन्छ । क्रिकेटमा दबावमा आएर खेल्नु पर्ने चुनौती हुन्छ तर, म यसमा आनन्द लिन्छु । हामी इतिहास बनाउन तत्पर छौं । र, विश्वकपमा छनोट हुँदै जीवनभर नविर्सिने क्षण बनाउने अवसर छ । त्यसको सदुपयोग गर्न चाहन्छु ।

खेलाडीः अमान देसाई (कप्तान), साइ हर्ष भेनुगोपाल, इसान पाउल सावनी, यशस्वी अग्रवाल, अर्यन बेरी, अइदेन ब्रियन शेरी, राहुल शर्मा, अथर्भा राहुल गुने, सतिस कनुसामी, भिनित चितेश मेहता, प्रमेश सिंगहवी, अर्नाव करण चव्रिया, चन्द्रमाउली श्रीदेव र प्रनाव सुदर्शन ।

अर्यान लकरा, यूएई

करिब आठ वर्षअघि म दुबई गएको थिएँ । त्यसबेला बुवाले मलाई केही खेलमा समावेश गर्नुभयो । तर मलाई सबैभन्दा बढि क्रिकेट खेल मन पथ्र्यो । विश्वकप खेल्ने सबै खेलाडीको सपना हुन्छ, मेरो पनि छ । र हाम्रो टिमको पनि सपना छ । यदि हामी योग्य छौं भने हाम्रो लक्ष्यमा हामी पुग्छौं ।

खेलाडीः आर्यन लकरा (कप्तान), आरोन विलियम बेन्जामिन, मोहम्मद अकाशा ताहिर, अलिशन शराफु, आनन्द कुमार, अश्वान्थ भलथापा चिदम्बराम, कार्थिक मेयपान, मोहम्मद फराजुदिन, रिशव मुखर्जी, नाइल रोशन लोबो, ओसमा हसन शाह, भ्रित्य अरभिन्द र मोहम्मद हइदर ।

प्रथमेश सन्तोष कुम्ब्ले, ओमान

ओमान क्रिकेट खेल्नका लागि सर्वोत्तम ठाउँ हो । मैदान मात्रै हैन हामीसँग उत्कृष्ट प्रशिक्षक पनि छन् । त्यसकारण हामी सकारात्मक नतिजा ल्याउँछौ जस्तो लाग्छ ।

हामी अवसरलाई खेर फाल्न चाहन्दैनौं । हामी अवसरको पर्खाईमा थियौं । त्यो अवसर आएजस्तो लाग्छ ।

खेलाडीः प्रथमेश कुम्ब्ले (कप्तान), मोहम्द समिर, जोइल विजु, अमनप्रित सिंह रिराह, जोशिन भिन्सेन्ट, अजाम अली, यश मेहता, अर्जुन सरिठा, सन्जय राज रविन्द्र, सामी अल बलुशी, मोहम्मद मजहिर राजा, जिल यगनेश तन्ना, निव जयप्रकाश पुजारी र आदिल अबास ।

खेल तालिकाः

अप्रिल १२ः

मलेसिया भर्सेस यूएई (किनरारा ओभल)

कुबेत भर्सेस ओमान (बायोमास ओभल)

सिंगापुर भर्सेस नेपाल (सेलंगोर टर्फ क्लब)

अप्रिल १३ः

यूएई भर्सेस नेपाल (किनरारा ओभल)

कुबेत भर्सेस सिंगापुर (बायोमास ओभल)

मलेसिया भर्सेस ओमान (सेलंगोर टर्फ क्लब)

अप्रिल १५ः

ओमान भर्सेस सिंगापुर (किनरारा ओभल)

मलेसिया भर्सेस नेपाल (बायोमास ओभल)

यूएई भर्सेस कुबेत (सेलंगोर टर्फ क्लब)

अप्रिल १६ः

मलेसिया भर्सेस कुबेत (किनरारा ओभल)

यूएई भर्सेस सिंगापुर (बायोमास ओभल)

ओमान भर्सेस नेपाल (सेलंगोर टर्फ क्लब)

अप्रिल १८ः

कुबेत भर्सेस नेपाल (किनरारा ओभल)

यूएई भर्सेस ओमन (बायोमास ओभल)

मलेसिया भर्सेस सिंगापुर (सेलंगोर टर्फ क्लब)

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय