+

पाकिस्तानी विश्वकप टिममा परेनन् मोहम्मद आमिर

२०७६ वैशाख  ५ गते १९:१० २०७६ वैशाख ५ गते १९:१०
पाकिस्तानी विश्वकप टिममा परेनन् मोहम्मद आमिर

५ वैशाख, काठमाडौं । पाकिस्तानले विश्वकप २०१९ का लागि आफ्नो १४ सदस्यिय टिम घोषणा गरेको छ । घोषित टोलीमा अनुभवि फास्ट बलर मोहम्मद अमिरले स्थान बनाउन सकेनन् ।

लामो समयदेखि आमिर खराब फर्मबाट गुज्रिरहेका थिए । च्याम्पियन्स ट्रफीको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका उनले त्यसयता आफ्नो स्तर कायम राख्न सकेका थिएनन् । च्याम्पियन्स ट्रफी यता खेलेका १४ खेलमध्ये ९ वटामा उनी विकेटविहिन रहेका थिए । त्यसैले उनलाई चयनकर्ताहरुले बेवास्ता गरेका हुन् ।

घोषित टिममा मध्यक्रमका ब्याट्सम्यान आसिफ अलि पनि छुटेका छन् । उनी पनि केही समययताको कमजोर प्रदर्शनका कारण टिममा नपरेका हुन् । आमिर र आसिफ दुवैलाई ईंग्ल्यान्डविरुद्धको ओडीआई सिरिजमा भने राखिएको छ । पाकिस्तानले मे २३ सम्म आफ्नो टिममा फेरबदल गर्ने अवसर छ । त्यसैले ईंग्ल्यान्डविरुद्ध राम्रो प्रदर्शन गरेमा दुवैजना विश्वकप टिममा फर्किन सक्छन् ।

ब्याटिङतर्फ शान मसुदलाई पन्छाएर अबिद अलिलाई ओपनरको रुपमा स्थान दिइएको छ । उनले अहिलेसम्म दुईवटा मात्रै एकदिवसीय खेलेका छन् । अष्ट्रेलियाविरुद्धको डेब्यू म्याचमा नै उनले शतक हानेका थिए । इमाम उल हकसँग उनले पाकिस्तानको ब्याटिङ सुरुवात गर्नेछन् ।

यसैगरी अपेक्षा मुताबिक पाकिस्तानले टिन एज फास्ट बलरहरु मोहम्मद हुसैन र साइन शाह अफ्रिदीलाई टिममा समावेश गरेको छ । छुटेका केही नामहरुमा मोहम्मद अब्बास, मोहम्मद नवाज, मोहम्मद रिजवान, उसमान सिनवारी र यासिर साह रहेका छन् । मोहम्मद रिजवानले अष्ट्रेलियाविरुद्ध २ वटा सतक हाने पनि विश्वकप टिममा स्थान बनाउन सकेनन् ।

पाकिस्तानको १५ सदिस्यि टिम यस्तो छ :

सरफराज अहमद (विकेटकिपर, कप्तान), अबिद अली, बबर आजम, फहिम असरफ, फकार जमान, ह्यारिस सोहैल, हसन अली, इमाद वसिम, इमाम उल हक, जुनैद खान, मोहम्मद हाफिज, मोहम्मज हासनैन, सदाब खान, साहिन शाह अफ्रिदी, सोहेब मल्लिक ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय