१३ वैशाख, काठमाडौं । सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल)-२ अन्तर्गत शुक्रबार भएका खेलमा न्यु होराइजन बुटवल र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन् ।
शुक्रबारको पहिलो खेलमा न्यु होराइजन बुटवलले महेन्ऽनगर क्रिकेट एकेडेमीलाई र दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले लालिगुराँस क्रिकेट क्लब झापालाई पराजित गरे ।
समूह ‘बि’ अन्तर्गतको खेलमा न्यु होराइजन बुटवलले महेन्ऽनगर क्रिकेट एकेडेमीलाई ७१ रनले सहजै पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
१६७ रनको लक्ष्य पछ्याएको महेन्ऽनगरले १९.१ ओभरमा ९५ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । होराइजनको जितमा प्लेयर अफ द म्याचसमेत चुनिएका सुनिल धमलाले ६० रन बनाए ।
नेपाली राष्ट्रिय टिमको लागि खेलिसकेका सुनिलले ओपनिंङ ब्याटिङ गर्दै ४० बलमा ८ चौका र २ छक्का प्रहार गरे । यस्तै अर्जुन रायमाझीले ४० तथा सुरज दराईले अविजित २१ रन बनाए ।
बलिङतर्फ होराइजनका कप्तानसमेत रहेका शक्ति गौचनले सर्वाधिक ३ विकेट लिए । गौचनले ४ ओभरमा २३ रन खर्चिए । विकास श्रेष्ठ र सुनिल धमलाले २/२ विकेट लिए ।
दोश्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले झापाको लालिगुराँस क्रिकेट एकेडेमीलाई ५८ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ् रोजेको आर्मीले २० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल तयार गरेको थियो ।
१७७ रनको लक्ष्य पछ्याउने क्रममा लालिगुराँसले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो ।
लालिगुराँसलाई लक्ष्यसम्म पुग्न नदिन आर्मीका बलर जितेन्ऽ मुखिया, हरि चौहान र भीम सार्कीले २/२ विकेट लिए । लालिगुराँसको ब्याटिङमा विवेक राजपूतले सर्वाधिक २७ रन बनाएका थिए ।
पहिले ब्याटिङ गर्ने क्रममा आर्मीका राजु रिजालले ४९ तथा कुशल मल्लले ४२ रन बनाए । राजुले ३३ बलमा ३ चौका र १ छक्का तथा कुशलले २१ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।
आर्मीलाई सातौं विकेटको लागि राजु र कुशलले ६७ रनको साझेदारी गर्दै उकासेका थिए । लालिगुराँसको लागि बलिङमा प्रनभ शाह, यश कनडिया र तिलक मगरले समान २/२ विकेट लिए ।
बलिङमा १ विकेट र ब्याटिङमा ४२ रन बनेका कुशल मल्ल खेलको प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत शनिवार २ खेल हुनेछन् । बिहान ८ः ३० बजे सुरु हुने खेलमा मध्यपश्चिम क्रिकेट क्लब र कर्णाली-११ तथा दिउँसो १ बजे सुरु हुने खेलमा सशस्त्र प्रहरी बल -एपीएप) र हिमालयन क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।
कर्णाली क्रिकेट एकेडेमीमा आयोजित प्रतियोगितामा कुल ८ टिमहरु सहभागी छन् । जसलाई २ समूहमा बिभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन् ।
त्यस्तै समूह ‘बि’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, महेन्ऽनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन् ।
दुवै समूहबाट उत्कृत हुने २/२ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4