+

के ग्यारेथ बेल रियलमै बसिरहलान् ?

२०७६ जेठ  ७ गते १७:४१ २०७६ जेठ ७ गते १७:४१
के ग्यारेथ बेल रियलमै बसिरहलान् ?

७ जेठ, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल यतिबेला अन्योलमा छन् । रियल मड्रिड आफ्ना महंगा खेलाडीलाई बेच्न चाहन्छ । ती महंगा खेलाडीकै सूचीमा पर्छन् वेल्सका ग्यारेथ बेल ।

उनको तलब वार्षिक १७ मिलियन युरो रहेको छ । गत मार्चमा जिनेदिन जिदानलाई मुख्य प्रशिक्षकको रुपमा क्लबमा भित्र्याएपछि जिदान र बेलको सम्बन्ध झनै टाढा हुदै गएको थियो ।

पछिल्लो समयमा खराब सम्बन्धकै कारण बेल टिममा पर्न सकेका छैनन् । यस्तो अवस्थामा बेललाई क्लबले ट्रान्सफर गर्न चाहिरहेको छ । क्लबका पूर्वअध्यक्ष रेमोन काल्डेरनले बेल रियलमा बसिरहनु असम्भव जस्तै भएको अभिव्यक्ति नै दिए । प्रशिक्षक जिदानले पनि बेल अब रियलका लागि फिट नभएको तर्क गर्दै आएका छन् ।

क्लब र पदाधिकारीबाट विभिन्न तर्क र विचार आइरहँदा बेल भने अझै केही समय पर्खिने बताएका छन् । रियलका गोलकिपर केयलर नभासले क्लब छोडिसकेका छन् । तर उनी भने रियलको प्रि–सिजन सुरु हुने बेलासम्म प्रतिक्षामा रहने बताएका छन् ।

रियल मड्रिडमा बेलको २०२२ सम्मको सम्झौता छ ।

स्पेनिस ला लिगा फुटबलमा रायो भालेकानोविरुद्धको खेलमा रियल १–० गोलअन्तरले पराजित बेल टिममा थिए । त्यसपछिका लगातार तीन खेलमा उनी बेन्चमै रहे । लिगको अन्तिम खेलमा रियल मड्रिडको आफ्नै घरेलु मैदानमा भएको खेलमा उनको खेल्ने ठूलो धोको थियो तर रियल बेटिससँग २–० गोलअन्तरले पराजित हुदा बेल बेन्च रहे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय