+

आर्मीद्वारा प्रदेश दुईलाई २७९ रनको लक्ष्य

२०७६ जेठ  १० गते १३:१५ २०७६ जेठ १० गते १३:१५
आर्मीद्वारा प्रदेश दुईलाई २७९ रनको लक्ष्य

१० जेठ, काठमाडौं । आजदेखि सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल अमार्मी क्लबले प्रदेश दुईलाई २७९ रनको लक्ष्य पेश गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २७८ रन बनाएको हो । आर्मीको ठूलो स्कोरमा राजु रिजाल, विनोद भण्डारी र रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे ।

ओपनिङमा आएका राजु र कप्तान विनोदले पहिलो विकेटका लागि १२१ रनको साँझेदारी गरेका थिए । २१.१ ओभरमा विनोद ६६ रनमा आउट भए । क्रिजमा टिकी रहेका राजु शतक बनाउनबाट १० रनले चुके । उनी ९० रनमा आउट भए । १०९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्का प्रहार गरेका थिए ।

त्यस्तै आर्मीकाल लागि रोहितकुमार पौडेलले ४७ रन बनाए । अर्धशतक बनाउनबाट चुकेका रोहितले ३६ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै, हरि चौहानले २६ रन बनाए । बलिङतर्फ हरिशंकर शाहले तीन विकेट लिए ।

विजयी लक्ष्य पछ्याउँदै केही बेरमा प्रदेश दुईले ब्याटिङ थाल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय