१२ जेठ, काठमाडौं । विश्वकपको तयारीको रुपमा भएको अभ्यास खेलमा घरेलु टोली इंग्ल्यान्डलाई अष्ट्रेलियाले पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १२ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको २९८ रनको चुनौती पछ्याउँदै ब्याटिटङ गरेको इंग्ल्यान्डले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २८५ रन मात्रै बनाउन सक्यो ।
इंग्ल्यान्डका लागि जेम्स भिन्सले ६४, कप्त्ान जोस बुटलरले ५२ र क्रिस वोक्सले ४० रन बनाएका थिए । बलितर्फ अष्ट्रेलियाका जासन बेहरन्डोर्फ र केन रिचार्डसनले समान २-२ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २९७ रन बनाएको थियो । अष्ट्रेलिायका लागि स्टेभन स्मिथले शतक बनाए । उनकै मद्दतमा अष्ट्रेलियाले जित हात पारेको हो । उनले १०२ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै ११६ रन बनाए ।
त्यस्तै, डेभिड वार्नरले ४३ रन बाउँदा उस्मान खवाजाले ३१ त्था साउन मार्स र एलेक्स क्यारेयले समान ३०-३० रन बनाए ।
बलिङतर्फ इंग्ल्यान्डका लियाम प्लुन्केटले चार विकेट लिए ।
प्रतिक्रिया 4