+

उपमेयर कप महिला फुटबल जेठ अन्तिमदेखि, विजेताले ५ लाख पाउने

२०७६ जेठ  १९ गते १९:१२ २०७६ जेठ १९ गते १९:१२
उपमेयर कप महिला फुटबल जेठ अन्तिमदेखि, विजेताले ५ लाख पाउने

१९ जेठ, काठमाडौं । उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता जेठ ३१ गतेदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) महिला समितिले आइतबार पत्रकार सम्मेलन गरी हलचोकको एपीएएफ मैदानमा असार १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा देशभरका गरी १६ टीमले भाग लिने छन् ।

लिगकम नकआउटको आधारमा सञ्चालन गरिने प्रतियोगितामा काठमाडौं महानगरपालिका विराटनगर महानगरपालिका, हेटौडा महानगरपालिका र पोखरा उपमहानगरपालिका रहेका छन् । त्यस्तै, भिमेश्वर, धनगढी, चन्द्रपुर, वालिङ, शम्भुनाथ, पनौती, बाह्रविसे, कावासोती, विदुर, चौदन्डीगढी, घोराही तुल्सीपुर र बसागढी नगरपालिका छन् ।

प्रतियोगिताको तयारीका लागि प्रत्येक टिमलाई एन्फाले ५० हजार नगद प्रदान गर्नेछ । एउटा टिमले विभागीय तथा राष्ट्रिय टीमका गरी खेलाडी पाँच जनासम्म राख्न पाउने छन् ।

प्रतियोगिताको विजेताले ट्रफिसहित ५ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ३ लाख रुपैयाँ पाउने छ । त्यस्तै, फेयर प्ले टिमले ५० हजार नगद प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्रप्त गर्ने छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय