+

अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दै मनाङ, तोड्ला जितको खडेरी ?

२०७६ असार  ४ गते ७:३६ २०७६ असार ४ गते ७:३६
अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दै मनाङ, तोड्ला जितको खडेरी ?

४ असार, काठमाडौं । नेपाली क्लब मनाङ मर्स्याङ्दी आज एएफसी कप फुटबलमा बंगलादेशको ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर ३० मिनेटमा सुरु हुने खेलमा मनाङ स्पष्ट जित हात पार्ने लक्ष्यमा हुनेछ । तर जारी एएफसी कपमा मनाङले जित हात पार्न सकेको छैन ।

आफ्नै घरेलु मैदानमा भएको एएफसी कपको पहिलो खेलमा पनि मनाङ अबहानीसँग पराजित भएको थियो । होम खेलमा १–० गोलको हारको बदला लिने दाउमा मनाङ रहेको छ । निकै कमजोर रुपमा प्रस्तुत भएको मनाङको लागि अघिल्लो चरणमा पुग्न पनि यो खेल जित्नै पर्ने हुनेछ । पराजित भएमा मनाङ प्रतियोगिताबाट बाहिरिने छ ।

समूह ‘इ’ मा रहेको मनाङले ४ खेलमध्ये दुई खेलमा हार र दुई खेलमा बराबरी खेल्दै दुई अंक बनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय