+

नेपाली यू–१९ क्रिकेट टिमको घोषणा, सन्दीप जोरा वैकल्पिकमा

२०७६ असार  १० गते १९:३७ २०७६ असार १० गते १९:३७
नेपाली यू–१९ क्रिकेट टिमको घोषणा, सन्दीप जोरा वैकल्पिकमा

१० असार, काडमाडौं । एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टिमको घोषणा भएको छ । तर, राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका सन्दीप जोरा र आशिफ शेखलाई वैकल्पिक खेलाडीमा परेका छन् ।

मंगलबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली यू–१९ क्रिकेट टिमको घोषणा भएको हो । टिममा कप्तान रोहितसँगै पवन सर्राफ र भीम शार्की गरी सिनियर टिमका तीन जना खेलाडी छन् ।

त्यस्तै, कमलसिंह ऐरी, रित गौत्तम, हरिबहादुर चौहान, विशाल विक्रम केसी, प्रतिश जिसी, तिलकराज भण्डारी, लोकशबहादुर बम, सागर ढकाल, कुशल मल्ल र खडकबहादुर बोहरा टिममा रहेका छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा मोहम्मद आशिफ शेख, सन्दीप जोरा, सुर्य तामाङ र अकाश चन्द रहेका छन् । सन्दीप जोरा राम्रा खेलाडी हुन् । उनी राष्ट्रिय सिनियर टिमका खेलाडी समेत हुन् तर उनी टिममा परेका छैनन् ।

नेपाली यू–१९ क्रिकेट टिम जुन ३० तारिखमा मलेसिया प्रस्थान गर्ने छ ।

समूह ए मा नेपाल, चीन, सिंगापुर र म्यानमार रहेका छन् । त्यस्तै, समूह बी मा आयोजक मलेसियासँगै हङकङ, थाइल्यान्ड र भुटान रहेका छन् । प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जुलाई २ तारिखमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, आफ्नो दोस्रो खेलमा नेपालले जुलाई पाँचमा सिंगापुर र ६ तारिखमा चीनसँग खेल्नेछ ।

समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटमा भाग लिन पाउने छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय