काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरिका फुटबलमा व्यापक चलखेल भएको भन्दै आफ्नो टिम भ्रष्टाचारको भागिदार हुन नसक्ने बताएका छन् ।
यो संस्करणमा सुरुदेखि नै प्रतियोगिता व्यवस्थापनको आलोचना गर्दै आएका उनले ब्राजिललाई विजेता बनाउन सबै काम भएको दाबी गर्दै आएका छन् । ब्राजिलसँग सेमिफाइनलमा हारेपछि अर्जेन्टिनाले रेफ्रिविरुद्ध उजुरीसमेेत दिएको छ ।
आइतबार चिलीलाई २-१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना तेस्रो भएको खेलका क्रममा मेस्सीले रातो कार्ड पाएका थिए । खेलपछि मेस्सीले प्रतियोगितामै ठूलो भ्रष्टाचार भएको भन्दै आफ्नो टिम अर्जेन्टिना त्यसको हिस्सेदार हुन नसक्ने बताए ।
उनले भनेका छन्, ‘हामी यो कोपा अमेरिका कपको दौरानमा भएको भ्रष्टाचारको हिस्सा बन्न चाहन्दैनौं ।’
भ्रष्टाचार भएको भन्दै उनले मेडल पनि लिएनन् । उनले भने, ‘ ग्यारी मेडलले सीमा नाघिसकेका थिए । रेफ्रीले यस्तो निर्णय गर्छ भन्ने लागेको थिएन । भीआर हेर्नुपर्थ्यो ।’
प्रतिक्रिया 4