+

विश्वकप फाइनल : न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

२०७६ असार  २९ गते ६:५१ २०७६ असार २९ गते ६:५१
विश्वकप फाइनल : न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

२९ असार, काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा आज न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ । क्रिकेटको ‘घर’ लर्ड्समा हुने फाइनल खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।

पहिलो पटक दुवै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन् । योभन्दा अघि यी दुवै टिमले विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छैनन् ।

सेमिफाइनलमा १८ रनले भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको न्युजिल्यान्डको उच्च मनोबल छ । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै ऐतिहासिक दिन बनाउने लक्ष्यमा न्युजिल्यान्ड छ । विश्वकपको उपाधि जितेमा न्युजिल्यान्डले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्नेछ ।

यता, इंग्ल्यान्ड पनि आफ्नै घरेलु मैदानमा उपाधि जित्दै ऐतिहासिक जित बनाउन चाहन्छ । पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो ।

त्यसो त, लिग चरणको खेलमा न्युजिल्यान्डमाथि ११९ रनको जित निकालेको इंग्ल्यान्ड फाइनल खेलमा पनि त्यस्तै नतिजा निकाल्ने लक्ष्यमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय