+

अष्ट्रेलियालाई झड्का, स्मिथले तेस्रो टेष्ट खेल गुमाउने

२०७६ भदौ  ३ गते १८:०० २०७६ भदौ ३ गते १८:००
अष्ट्रेलियालाई झड्का, स्मिथले तेस्रो टेष्ट खेल गुमाउने

३ भदौं, काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले एसेज सिरिजको तेस्रो टेष्ट खेलमा मैदान बाहिरै रहने भएका छन् ।

दोस्रो टेष्ट खेलमा घाइते हुदै मैदान छोडेका स्मिथले तेस्रो टेष्ट खेल गुमाउने भएको बीबीसीले लेखेको छ । दोस्रो टेष्ट क्रिकेटको दोस्रो पारीमा ब्याटिङ गर्ने क्रममा इंग्यान्डका जोफ्रा आर्चरले बलिङ गरेको बाउन्सर बलले लागेर स्मिथ घाइते भएका थिए ।

दोस्रो टेष्ट क्रिकेट भने इंग्ल्यान्ड र अष्ट्रेलियाले बराबरीमा सकाएको थियो । पहिलो खेल भने अष्ट्रेलियाले २५१ रनले जितेको थियो । तेस्रो टेष्ट खेल अगष्ट २२ देखि सुरु हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय