१३ भदौ, काठमाडौं । युरोपा लिग फुटबलको ‘ड्र’ आज सार्वजनिक भएको छ ।
यूईएफएले आज सार्वजनिक गरेको ‘ड्र’ को समूह ‘ए’ मा सेभिया परेको छ । यो समूह स्पेनिस क्लब सेभियासँगै साइप्रसको एपोइल, अजरबैजानको काराबाग र लक्ष्मबर्गको डडेलन्ज रहेका छन् ।
त्यस्तै, इंग्लिस क्लब आर्सनल भने समूह ‘एफ’ मा परेको छ । यो समूहमा आर्सनलसँगै फ्रयांकर्फट, स्टान्डर लिज र भिटोरिया एससी रहेका छन् ।
अर्को इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड भने समूह ‘एल’ मा परेको छ । यो समूहमा युनाइटेडसँगै एस्टना, पर्टिजन र अज अल्कमार रहेका छन् ।
प्रतिक्रिया 4