१८ भदौ, काठमाडौं । पूर्व क्रिकेटर मिस्बाह उलहक पाकिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले मिस्बाहलाई प्रमुख प्रशिक्षक र प्रमुख छनोटकर्ताको जिम्मावारी दिएको हो । यस्तै वाकर युनुसलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको छ ।
मिस्बाह २०११ मा अप्रत्यासित रुपमा कप्तान बनेका थिए । र, पाकिस्तानको सफल कप्तान मध्ये एक बने । अब प्रशिक्षकका रुपमा पनि उनले त्यस्तै चमत्कारिक भूमिका निभाउने अपेक्षा गरिएको पाकिस्तानी न्यूज पोर्टल डनले जनाएको छ ।
प्रतिक्रिया 4