+

नेपाल कीर्गिस्तानविरुद्ध ६–२ गोलले अघि, सावित्राको ह्याट्रिक

२०७६ भदौ  २२ गते १६:५१ २०७६ भदौ २२ गते १६:५१
नेपाल कीर्गिस्तानविरुद्ध ६–२ गोलले अघि, सावित्राको ह्याट्रिक

२२ भदौ, काठमाडौं । नदेज्दा कप महिला फुटबलमा आयोजक कीर्गिस्तानविरुद्धको खेलमा नेपालले पहिलो हाफ सकिँदा ६–२ को अग्रता लिएको छ ।

नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । उनले चौथो, १५ औं र ३० औं मिनेटमा गोल गरिन् ।

सावित्राले चौथो र १५ औं मिनेटमा गोल गरेपछि कीर्गिस्तानले पनि १९ औं र २२ औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्यायो । त्यसपछि २५ औं मिनेटमा दीपा राई, ३० औंं मिनेटमा सावित्रा भण्डारी, ३४ औं मिनेटमा अनिता बस्नेत र ३७ औं मिनेटमा निरु थापाले गोल गरे ।

प्रतियोगितामा कीर्र्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान सहभागी छन् । यो प्रतियोगितालाई नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको रुपमा लिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय