+

‘नेयमारभन्दा स्टर्लिङ उत्कृष्ट’

२०७६ भदौ  २३ गते ११:३३ २०७६ भदौ २३ गते ११:३३
‘नेयमारभन्दा स्टर्लिङ उत्कृष्ट’

काठमाडौं । म्यानचेष्टर सिटीका विंगरले गत सिजन पीएसजीका स्टारले भन्दा चार बढी गोल र असिस्ट गरे । शनिबार इंल्ग्याण्डका लागि पनि गोल गरे ।

राहम स्टर्लिङ विश्वका शीर्ष पाँचमा पर्ने, नेयमारभन्दा उकृष्ट भएको र बालोन डि’ओर जित्न सक्ने चेल्सीका पूर्वफवार्ड टोनी कास्कारिनोको विश्लेषण छ ।

युरोकप छनोटमा इंल्ग्याण्डले बुल्गेरियालाई हराउँदै स्टर्लिङले एक गोल गरेका थिए भने एक असिस्ट । यस्तै ब्राजिलले कोलम्बियासँग २–२ को बराबरी खेल्दा चार महिनापछि मैदान फर्किएका नेयमारले पनि एक गोल गरे भने अर्को असिस्ट ।

टक स्पोट्र्ससँग कुरा गर्दै कास्कारिनोले भने नेयमारभन्दा स्टर्लिङ उत्कृष्ट भएको दाबी गरेका छन् । नेयमारले राम्रो सिटसँग खेलेको र मैदानमा अरूभन्दा भिन्न खेल देखाउने गरेको स्वीकार गरेका उनले भने, ‘यदि टिमका लागि उत्कृष्ट र गोल गर्ने खेलाडी चाहिएको हो भने नेयमारभन्दा स्टर्लिङ हुन् ।’

आफ्नो टिममा लेफ्ट विङबाट खेल्ने दुईमध्ये स्टर्लिङले गत सिजन धेरै गोल गरेका छन् । उपाधि पनि धेरै जिते । सिटीले घरेलु उपाधिमा ह्याटिक नै ग¥यो ।

यद्यपि, गत सिजन नेयमारले चोटबाट पनि पीडित थिए ।

स्टर्लिङको राम्रो पक्ष भनेको दिनप्रतिदिन खेलमा सुधार भएको भन्दै कास्कारिनो भन्छन्, यदि उनलाई ट्रान्सफर मार्केटमा राख्ने हो भने १५० मिलियनभन्दा कम हुन्न ।’

साथै यो सुधार कायमै राखे उनी विश्वकै पहिला वा दोस्रो उत्कृष्ट खेलाडी हुने उनको दाबी छ । ‘यदि उनले सिटीबाट च्याम्पियन्स लिग जिते र त्यसमा भूमिका खेले भने उनले बोलान डि’ओर जित्ने सम्भावना हुन्छ,’ कास्कारिनोले भने ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय